साग समापन: भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्रीको सम्बोधन,ठाउँ-ठाउँमा ठूला स्क्रिन

काठमाडौं,२४ मंसिर । दक्षिण एसियाली खेलकुदको समापन मंगलवार हुँदैछ। दशरथ रंगशालामा हुने समापन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने तयारी गरिएको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भव्यताका समापन कार्यक्रम आयोजना हुने बताए । १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिए । त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।

दशरथ रंगशालको १२ हजार क्षमता भए पनि ८ हजार मात्र टिकट बिक्री गरेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरतर्फ एकपट्टि भुटान जोन छुट्याएको र नेपाली त्यहाँ जाने नमिल्ने तयारी गरिएको छ । समापन समारोहमा कर्मचारीलाई पनि कार्डबिना प्रवेश गर्न पाईने छैन् ।

उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्।समापन समारोहका प्रमुख अतिथि उप प्रधान मन्त्री इश्वर पोखरेल रहनेछन् भने पोखरेलले खेललाई मात्र लिएर विशेष सम्वोधन गर्नेछन् ।

त्यस्तै, टिकेट पाउन नसकेकाहरुलाई ठूला स्क्रिन ठाउँठाउँमा व्यवस्था गरेको आयोजकले बताएको छ । औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ।

पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ। पाकिस्तानको ओलम्पिक कमिटी अध्यक्ष, शिक्षा सचिव लगायतका पदाधीकारी समापन समारोह र झन्डा हस्तान्तरणका लागि नेपाल आइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here