१३ औँ साग: नेपालले जित्यो ४९ स्वर्ण,फुटबलको भिडन्त मंगलवार

काठमाडौं,२३ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो अन्तिम दिनसम्म २७८ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाललाई खेल इतिहासकै ठूलो सफलता मिलेको छ ।सोमबारसम्मको खेलमा नेपालले ४९ स्वर्ण जितिसकेको छ ।

सोमबार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थप्यो। आइतवारसम्म ४५ स्वर्ण पक्का गरेको नेपालले सोमबार चारवटा स्वर्ण थपेको छ।

नेपालले अहिलेसम्म ४९ स्वर्ण, ४८ रजत र ७८ कास्य पदक जित्‍न सफल भएको छ। पहिलो स्थानमा रहेको भारतले १३८ स्वर्ण, ८३ रजत र ४३ कास्य पदक जितेको छ। अझ स्वर्ण थपिने संभावना कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here