सुनको भाउ घटने क्रम जारी, मंगलवार २०० रुपैयाँ घट्यो

काठमाडौं, २४ मंसिर । मंगलवार पनि छापावाल सुनको मूल्यमा कमी आएको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार २०० रुपैयाँ घट्दै ७० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार २०० रुपैयाँ घट्दै प्रतितोला ७० हजार ५ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्यमा पनि कमी आयो ।

सोमवार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ३० रुपैयाँमा झरेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here