साग पुरुष फुटबल: फाइनल खेलको पहिलो हाफ बराबरी

काठमाडौं, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानले पहिलो हाफ बराबरी खेलेका छन् ।

सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको हो । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् । नेपालका लागि खेलको १७ मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here