काठमाडौं, २४ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ ।
दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् । यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।