विदेशी रक्सीमा नेपालीले उडाए साढे २ अर्ब

काठमाडौं, २५ मंसिर । विभिन्न देशबाट आयात गरिएको रक्सी खाएरै नेपालीले १ वर्षको अवधिमा साढे २ अर्ब भन्दा धेरै रकम सकाएका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा २ अर्ब ५४ करोड ४८ लाख ७५ हजार रुपैयाँ बरारबको विदेशी रक्सी आयात भएको छ ।

तथ्यांक अनुसार सामान्य अल्कोहलको मात्रा भएको बियरदेखि धेरै अल्कोहल भएको ब्राण्डेड रक्सीसम्म विदेशबाट आयात हुने गरेको छ । नेपालमा मेक्सिकोबाट धेरै रक्सी आयात हुने गरेको छ ।

यसबाहेक बेलायत, स्पेन, अमेरिका, भारत, जापान, जर्मनी, इटाली, नेदरल्याण्ड्स, रुस, पोल्याण्डलगायत ५० भन्दा धेरै देशबाट नेपालमा विभिन्न ब्राण्डका रक्सी आउने गरेका छन् ।

पछिल्लो १ वर्षमा सबैभन्दा धेरै ह्विस्कीमा राखिने अल्कोहलीक तरल पदार्थ आयात भएको सरकारको तथ्यांक छ । तथ्यांक अनुसार ह्विस्कीमा प्रयोग गरिने तरल पदार्थ ७ लाख ३८ हजार १ सय १९ लिटर अर्थात १ अर्ब ३३ करोड ६६ लाख रुपैयाँको आयात भएको छ ।

दोस्रो सबैभन्दा धेरै आयात भएको रक्सी ह्विस्की हो । तथ्यांक अनुसार पछिल्लो १ वर्षमा १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको ह्विस्की आयात भएको छ ।

नेपालमा धेरै आयात हुने विदेशी रक्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here