१३ औं सागः फुटवलमा स्वर्ण जित्ने टोलीलाई ८० लाख

काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५—५ लाख दिने घोषणा प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेका छन् ।

आज प्रधानमन्त्री निवासका सागमा नेपालका लागि पदक जित्ने खेलाडीहरुसंग भएको भेटमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप ५—५ लाख दिने घोषणा गरेका हुन् ।

यसका साथै खेल प्रशिक्षकहरुलाई पनि ५—५ लाख दिईने भएको छ ।

यो संगै १५ जनाको टोली र १ जान प्रशिक्षक गरि जम्मा ८० लाख फुटवल टोलीलाई मात्रै दिने घोषणा उनले गरेका हुन् ।

सागमा व्यक्तिगत तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख र समुहमा स्वर्ण जित्नेलाई ५—५ लाख दिने घोषणा प्रधानमन्त्रीले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here