पीपीएलको सह–प्रायोजक टेलिकम, खेलाडीलाई डेटा र भ्वाइस प्याक दिने

काठमडौं, २७ मंसिर । नेपाल टेलिकम पोखरामा भोलिदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ ।

आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने कम्पनीले बताएको छ ।

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डेटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराउने टेलिकमले बताएको छ ।

त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डेटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक प्रदान गरिने छ ।

एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डेटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक प्रदान गर्ने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here