दोलखाबाट फर्किएको बस सिन्धुपाल्चोकमा दूर्घटना, क्षतिको विवरण आउन बाँकि

सिन्धुपाल्चोक, २९ मंसिर । दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनाग्रस्त भएको छ ।

बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । दूर्घटनामा कैयौं मानिसको हताहती भएपनि यकिन तथ्यांक आइनसकेको प्रहरी स्रोतले जानकारी दियो ।

अहिले प्रहरी र स्थानीयको टोली उद्दारमा खटिएको छ । बिहान साढे ८ बजे बस दूर्घटनामा परेको हो । करीव ५ सय मिटर तल खसेको बसमा कति जना सवार थिए भन्नेसमेत खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here