एनआरएनका लागि छुट्टै अध्यागमन डेस्क

काठमाडौं, १४ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली (एनआरएन)का लागि छुट्टै अध्यागमन डेस्क स्थापना गरिएको छ । सरकारले विहीबारबाट एनआरएनका लागि विशेष डेस्क सञ्चालनमा ल्याएको हो ।

गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो ।

गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले गृहमन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापनाबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि अपिल गरेका थिए । डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए ।

सो अवसरमा बोल्दै उनले सरकारले एनआरएनलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा सरकारसँगको सहकार्य अझ बढाउने बताए । भोलिबाट सुरु हुने लगानी सम्मेलनमा समेत उत्साहपूर्वक सहभागी हुने उनको भनाई थियो ।

कार्यक्रममा एनआरएनएका महासचिव डा. बद्री केसी, उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here