सिन्धुपाल्चोकमा बस दुर्घटना: मृतकको संख्या १५ पुग्यो, ६ को सनाखत (अपडेट)

काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका –७ का २८ वर्षका शुकबहादुर तामाङ, सोही ठाउँकी ७ वर्षीया बालिका सविना तामाङ , दोलखा भिमेस्वर नगरपालिकाकी ३७ वर्षीया जुनुमाया तामाङ, सोही नगरपालिका –९ की २८ वर्षीया मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका – ५ का २८ वर्षीय महेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका – ८ का ३२ वर्षीय चलिसु बस्नेत रहेका प्रहरीले बताएको छ ।

सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा ६, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here