कोठा न्यानो बनाउन मकल बालेर सुतेका आमा-छोराको मृत्यु

काठमाडौं, ३० मंसिर । कोठा न्यानो बनाउन मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ। काठमाडौंको कीर्तिपुर नगरपालिका- ८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका कारण अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । यद्यपी मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ।

उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा-छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए । सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here