शेयर बजार राताम्मै, नेप्से साढे १३ अंकले घट्दा ४१ करोडको कारोबार

काठमाडौं, ३० मंसिर । साताको दोस्रो दिन शेयर बजार राताम्मै भएको छ । सोमवार नेप्से परिसूचक १३.७५ अंकले घटेर १ हजार १ सय ५४.११ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत कम हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर २ सय ५३.५२ अंकमा झरेको छ ।

सोमवार कारोबारमा आएका सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक ३.६८ अंकले घट्यो ।

त्यस्तै, जीवन बिमा समुहको २.४२ प्रतिशत, अन्य समुहको २.१६ प्रतिशत, जलविद्युत समुहको १.५१ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार कारोबारमा पनि कमी आयो । १ सय ६६ कम्पनीको १३ लाख ७१ हजार १ सय ३४ कित्ता शेयर किनबेच हुँदा ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै दिव्यश्वरी जलविद्युतका शेयर धनीले कमाए । दिव्यश्वरीको शेयर मूल्य ५.४५ प्रतिशत बढ्यो । त्यस्तै, यूनियन जलविद्युतको ५ प्रतिशत, सिटी एक्सप्रेस फाइनान्सको ४.०४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका शेयर धनी छन् । हिमालयन पार्टनरको शेयर मूल्य ९.४९ प्रतिशत घट्यो । त्यस्तै, माहुली सामुदायीक लघुवित्त वित्तीय संस्थाको ६.२५ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको ६.१८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले ४ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here