सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ पुष । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

सोमवार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार २०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्यो ।

सोमवार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार प्रतितोला ५ रुपैयाँ बढ्द ८ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here