शेयर बजार स्थिर, २८ करोडको कारोबार

काठमाडौं, १ पुस । मंगलवार शेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलवार नेप्से परिसूचक १.२६ अंकले बढेर १ हजार १ सय ५५.३७ अंकमा पुगेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

मंगलवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर २ सय ५३.२८ अंकमा झरेको छ ।

मंगलवार बैकिङ्ग, होटल, फाइनान्स र उत्पादन तथा प्रसोधन समुहको सूचक घट्यो भने ट्रेडिङ, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा, अन्य, लघुवित्त, जीवन बिमा र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको शेयर मूल्य ३.०२ प्रतिशत बढ्यो । अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै होटलल समुहको सूचक घट्यो । होटल समुहको सूचक ०.७१ प्रतिशत घट्यो । अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार कारोबारमा पनि कमी आएको छ । १ सय ६७ कम्पनीको ८ लाख ४० हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा २७ करोड ९२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर धनीले कमाए । नेपाल फाइनान्सको शेयर मूल्य ९.६८ प्रतिशत बढ्यो । त्यस्तै, आँधीखोला लघुवित्त वित्तीय संस्थाको ६.९२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी जलविद्युतका शेयर धनी छन् । दिव्यश्वरीको शेयर मूल्य ६.८९ प्रतिशत घट्यो । त्यस्तै, नेपाल शिव लघुवित्त वित्तीय संस्थाको ५.६८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले ३ करोड ४६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here