२६ औं क्यान इन्फोटेक फागुन २ गतेदेखि,उपत्यका बाहिर आठ स्थानमा सञ्चालन हुने

काठमाडौं, २ पुस । कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक फागुन पहिलो सातादेखि भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसोसिएशन महासचिव नारायण थापाले २६ औं संस्करण ‘क्यान इन्फोटेक २०२०’ फागुन २ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन हुने जनाकारी दिए ।

यो मेलालाई सुचना र प्रविधि क्षेत्रको महाकुम्भको रुपमा हेरिन्छ । मेलमा टेक्नोलोजी सम्बन्धि सम्पुर्ण सामग्रीहरू उपलब्ध हुने आयोजकले बताएको छ ।

सूचना प्रविधि र मनोरन्जन प्रदर्शनी हुने क्यान इन्फोटेक २०२० उपत्यका बाहिरका आठ स्थानमा पनि आयोजना हुने भएको छ । जसमा प्रदेश १ को इटहरी, प्रदेश २ को विराटनगर, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को वुटवल, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गरिने क्यान महासंघले बताएको छ ।

२६ औं संस्करणको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजनमा प्रभु पे, अफिसियल इन्सोरेन्समा प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इपे ले प्रायोजन गरेको छ ।

प्रदर्शनीमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने महासंघले बताएको छ ।

त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी आइटी कलेज, बैंक तथा लेखा सम्बन्धि सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका र आउने सफ्टवेयर,सेल्फ लर्निङ सफ्टवेयर लगायत प्रदर्शनीमा रहने छन् ।

कार्यक्रममा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालका हरेक क्षेत्रमा प्रविधिको पहुँचलाई विस्तार गर्दै सुखी नेपालीको सपना पुरा गर्ने बताए ।
‘हाम्रो चाहना नै नेपालको हरेक क्षेत्रमा प्रविधिको विस्तार गर्नु हो’ उनले भने, ‘प्रविधिको विकासबाट मात्रै सुखी नेपालीको सपना पुरा हुन्छ ।’

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएशन नेपाल(क्यान) नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ-संस्था र व्यवसायीहरुको छाता संगठन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here