शेयर बजारः नेप्से ३ अंकले घट्दा साढे २९ करोडको कारोबार

काठमाडौं, २ पुस । शेयर बजार ओरालो लाग्ने क्रम बुधवार पनि जारी रह्यो । बुधवार नेप्से परिसूचक ३.३० अंकले घटेर १ हजार १ सय ५२.०७ अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.८० अंकले घटेर २ सय ५२.४७ अंकमा झर्यो ।

बुधवार ट्रेडिङ, विकास बैंक र अन्य समुहको सूचक बढ्यो भने बैकिङ्ग, होटल, जलविद्युत, फाइनान्स, निर्जीवन बिमा, उत्पादन तथा प्रसोधन, लघुवित्त, जीवन बिमा र सामुहिक लगानी कोषको सूचक घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक ३.७४ प्रतिशत बढ्योे । सबैभन्दा होल समुहको सूचक घट्यो । होटलको सूचक २.४२ प्रतिशत घट्यो ।

बुधवार १ सय ६५ कम्पनीको ९ लाख ४७ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा २९ करोड ४७ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, नेपाल फाइनान्सको ९.५६ प्रतिशत, दिव्यश्वरी जलविद्युतको ९.२६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल शिव लघुवित्त वित्तीय संस्थाका शेयर धनी छन् । नेपाल शिवको शेयर मूल्य ७.६९ प्रतिशत घट्यो । त्यस्तै, सिभील लघुवित्त वित्तीय संस्थाको ६.०२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले ४ करोड ९० लाख २३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here