एनसेलको ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’,१० रुपैयाँमा असीमित कुराकानी

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सस्ताे दरमा असीमित कुराकानीको फाइदा लिन सक्ने भएका छन् ।

एनसेलले ल्याएकाे ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ अन्तर्गत एनसेलका ग्राहकले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजेदेखि बिहान ६ बजे सम्म मात्र १० रुपैयाँ (रु १२.७७ कर सहित) मा असीमित कुराकानी गर्न सक्नेछन् ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहरिबार (पुस ३) देखि सञ्चालनमा रहने छ । यो प्याक सुरु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८एष्ट्रिक्स ३ ह्यास डायल गरी प्याक सुरु गर्न सक्छन् ।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुरु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयू’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुरु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ । यो अफर चैत ४ गतेसम्म सञ्चालनमा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here