आइक्यान र आन्तरिक राजश्व विभाग बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १५ चैत । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) र आन्तरिक राजश्व विभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्याय र आन्तरिक राजश्व बिभागका महानिर्देशक विष्णुप्रसाद नेपालले विहीबार हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार दुई संस्था बीचमा एक आपसमा सूचना तथा तथ्यांकहरुको आदान प्रदान हुनेछ । अद्यावधिक एवं नविकरण भएको लेखापरिक्षकले लेखापरिक्षण गरेका प्रतिवेदनहरु मात्र विभागले स्वीकार गर्ने समझदारीपत्रमा उल्लेख छ ।

त्यस्तै समझदारी अनुसार आन्तरिक राजश्व विभागले बिभिन्न कर लेखा परिक्षणको ढाँचाहरु सहमति अनुसार तोक्ने र त्यसको कार्यान्वयनमा आइक्यानले सहयोग गर्नेछ ।

यस समझदारी पश्चात संस्थाको सदस्यता नै प्राप्त नगरि अनैतिक तथा गैरकानूनी रुपमा लेखापरीक्षण गर्ने प्रवृत्ति रोकिने अपेक्षा गरिएको छ ।

यस्तै आइक्यान र आन्तरिक राजश्व विभाग दुवैले आआफ्ना कार्यालयलाई अनलाइन प्रणाली मार्फत एक आपसमा आवश्यक पर्ने तथ्यांकमा समेत पहुँच दिने सहमति भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here