शेयर बजारः नेप्से साढे २ अंकले घट्दा ४२ करोडको कारोबार

काठमाडौं, ३ पुस । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन् । विहिवार नेप्से परिसूचक २.४२ अंकले घटेर १ हजार १ सय ४९.६४ अंकमा झर्यो ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले घटेर २ सय ५१.८४ अंकमा झर्यो ।

विहिवार ट्रेडिङ, होटल, जलविद्युत, फाइनान्स, उत्पादन तथा प्रसोधन र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो भने बैकिङ्ग, विकास बैंक, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रसोधन समुहको सूचक बढ्यो । उत्पादन तथा प्रसोधनको सूचक १.८८ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको १.०३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक ०.८० प्रतिशत घट्यो ।

विहिवार १ सय ७२ कम्पनीको १२ लाख ८९ हजार १ सय ३४ कित्ता शेयर किनबेच हुँदा ४१ करोड ९० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै नेपाल फाइनान्सका शेयर धनीले कमाए । नेपाल फाइनान्सको शेयर मूल्य ९.४० प्रतिशत बढ्यो । त्यस्तै, शिभम सिमेन्टको ६.७६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी जलविद्युतका शेयर धनी छन् । दिव्यशवरीको शेयर मूल्य ६.७७ प्रतिशत घट्यो । त्यस्तै, अरुण काबेली पावरको ४ प्रतिशत घट्यो अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले १२ करोड ३१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here