‘यात्री’ को पहिलो ग्राहक सौरभ ज्योति

काठमाडौं, ४ पुस । युवा पुस्तामाझ लोकप्रिय सवारी साधनमध्ये मोटरसाइकल पनि एक हो । मोटरसाइकल चारपांग्रेको तुलनामा सस्तो र सहज सवारी साधन भएकाले युवापुस्ताको बढी रोजाईमा पर्ने गरेको छ ।

अझ,काठमाडौंसँगै सवारी जाम हुने अन्य सहरका लागि त मोटरसाइकल छिटो गन्तव्यमा पु(याउने साधन भएकाले नै देशभर मोटरसाइकलको माग बढेको छ । अहिले बजारमा नयाँ–नयाँ ब्रान्डका मोटरसाइकल देख्न सकिन्छ ।

सामान्य कमाइ हुनेका लागि ती महँगा हुन सक्छन् । महँगा मोटरसाइकलको विकल्पको रुपमा नेपालमा नै विद्युतीय मोटरसाइल उत्पादन सुरु भएको छ ।

नेपालमा बनेको इलेक्ट्रिक बाइक ‘यात्री’सार्वजनिक भएको छ । ४ जना इन्जिनियर सहितको ७ जनाको नेपाली युवा टोलीले बनाएको मोटरसाइकलको बिहिबार सार्वजनिक गरेका हुन्।

यात्री मोटरसाइकल सार्वजनिक कार्यक्रममा पुगेका ज्योतिले मोटरसाइकलको पहिलो उत्पादन खरिद गर्ने घोषणा गरेका हुन्। मोटरसाइकलको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन।

यो मोटरसाइकलले एकपटक पूर्णरूपमा चार्ज गरेपछि २३० किलोमीटर यात्रा गर्न सकिन्छ । संस्थापक असिम पाण्डेका अनुसार प्रोजेक्ट जिरोमा आधुनिक टेक्नोलोजी र प्रिमियम मेटेरियलहरु समावेश गरिएको छ ।

यस मोटरसाइकलमा ३० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ४२ बीएचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस बाइकले फुल चार्जमा २३० किलोमिटरको रेञ्ज समेत प्रदान गर्छ भनी कम्पनीले दावी समेत गरेको छ ।

यस बाइकले प्रदान गर्ने पावर फिगरलाई चर्चित बाइक ड्युक ३९० को पावरसँग तुलना गर्न सकिन्छ ।

कम्पनीले यस बाइकमा कार्वन फाइबरको पार्ट्सहरु प्रयोग गरेको छ जुन मेटल पार्ट्सभन्दा दह्रो मानिन्छ र त्यसैगरी यसले बाइकको तौललाई न्यून पनि राख्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here