महिन्द्रा ‘एक्सयूभी–३००’ अब गण्डकी प्रदेशमा पनि

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले गण्डकी प्रदेशमा ‘एक्सयूभी–३००’ को विक्री वितरण शुरु गरेको छ ।

कम्पनीले स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ काठमाडौं पश्चात गण्डकी प्रदेशमा विक्री शुरु गरेको हो ।

‘एक्सयूभी–३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

कर्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले एक्सयूभी ३०० गण्डकी प्रदेशमा उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताए । साथै नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

अग्नि ग्रुपका स्थानीय विक्रेता बतास ब्रर्दश प्रा. लि. पोखराका प्रबन्ध निर्देशक शान्ताराज बतासका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले गण्डकी प्रदेशमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ ।

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायत विशेषता छन् । उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९ लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६ लाख ५० हजार तोकिएके छ । त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१ लख २५ हजार , डब्लु ६ वर्गका लागि रु ४५ लाख , डब्लु ८ वर्गका लागि रु ५१ लख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७ लाख २५ हजार तोकिएको छ र यी सवारी साधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here