लिभरपुललाई पहिलो पटक क्लब विश्वकपको उपाधि

काठमाडौं, ६ पुस । इंग्लिस क्लब लिभरपुलले पहिलो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।

शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो।

लिभरपुललाई उपाधि दिलाउन रोबर्टो फिर्मिन्होले गोल गरे। निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफमा लिभरपुलका लागि फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here