सुनको मूल्य यथावत, चाँदीको बढ्यो

काठमाडौं, ६ पुस । आइतवार छापावाल सुनको मूल्यमा कुनै थपघट भएन ।

शुक्रवार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतवार पनि ७१ हजार ६ सय रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्यमा पनि कुनै थपघट भएन । आइतवार तेजावी सुको मूल्य प्रतितोला ७१ हजारर ३ सय रुपैयाँ कायम भएको छ ।

आइतवार चाँदीको मूल्य भने बढ्यो ।

शुक्रवार प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँ बढ्दै आइतवार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here