सरकारी जग्गाको पहिचान गर्नुस् त्यसमा सरकारले झण्डा गाड्छः मन्त्री अर्याल

काठमाडौं, ६ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी त्यसमा सरकारले झण्डा गाड्ने बताएकी छिन् ।

चितवनस्थित रत्‍ननगर नगरपालिकाले शनिवार रत्नगनगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताइन् ।

स्थानीय पालिकाले पहिचान गरेको सार्वजनिक तथा सरकारी जग्गामा सरकारले आफ्नो झण्डा गाड्ने प्रतिवद्धता समेत जनाइन् ।

‘तपाइहरूले यहाँका सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस् । किल्ला ठोक्न म आफै यहाँ आउछु’ मन्त्री अर्यालले भनिन् ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको ब्यापक गुनासो आइरहेका बेला जग्गा संरक्षणको अभियान थालेको छ । सोही सन्दर्भमा रत्नरनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताइन् । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्नु उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थिती स्थानीय पालिकाका प्रमुख तथा अगुवाहरूलाइ निर्देशित गर्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व भनेको स्थानीय पालिकाकै भएको बताउदै उक्त अभियानमा लाग्ना आग्रह गरिन् ।

सरकारले सरकारी÷सार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग गठन गरेको थियो । आयोगले हालै बुझाएको प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको उल्लेख गरिएको छ ।

त्यस अवसरमा मन्त्री अर्यालले रत्नएनगरपालिका अन्तर्गत रहेका सार्वजनिक तथा सरकारी जग्गाको अनुगमन निरिक्षण गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here