आजबाट नेपाल भारत हस्तकला प्रदर्शनी, सभामुखले उद्घाटन गर्ने

काठमाडौं, १६ चैत । नेपाल–भारत हस्तकला प्रदर्शनी आजदेखि राजधानीमा शुरु हुँदैछ । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपालको पहलमा शनिबारदेखि चार दिने प्रदर्शनी हुने भएको हो ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने छन् भने नेपालका लागि भारतीय राजदत मून्जिव सिंह पुरीको पनि उपस्थिती रहनेछ ।

नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा कलिगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ । ठमेलस्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा दुई मुलुुकको हस्तलाको विशेषता तथा संस्कृतिका बारेमा विस्तृरुपमा जानकारी दिइनेछ ।

प्रदर्शनीमा नेपाली तथा भारतीय कालिगढले बनाएका विशिष्ट कलाकृतिको प्रदर्शनी हुनेछ । त्यसका साथै प्रदर्शनीमा कालिगढले आफ्ना कलाकौशल प्रत्यक्ष रुपमा प्रदर्शन गर्नेछन ।

दुई देशवीचको सम्बन्धलाइ थप मजबुत बनाउन प्रदर्शनीमा नै खरीदकर्ता तथा बिक्रीकर्ताको भेटघाट गराइने छ । यसले र्दुइ देश विचको हस्तकलाको ब्यापारमा सहजता अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास गरिएको छ ।

भारतीय टेक्सटायल मन्त्रालयको प्रायोजन

नेपाल भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसै गरी काउन्सिल अफ हेण्डिक्राफ्ट डेभलपमेण्ट कर्पोरेशन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सककार्यमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीलाई भारतीय राजदूतावस, काठमाडौं, नेपाली दूतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत–नेपाल फाउण्डेशनको समेत सहयोग रहेको छ ।

सनिवार सांस्कृतिक कार्यक्रमसहित उद्घाटन हुने प्रदर्शनीमा नेपाल र भारतका गरी ८० भन्दा धेरै कालिगढको सहभागिता रहनेछ जसमा ३० कालिगढ सहभागी हुनेछन् ।

प्रदर्शनीमा डिजाइन डेभलपेमन्ट वर्कशप समेत सञ्चालन हुनेछ । उक्त वर्कशप साउथ एशियन फाउण्डेशनका डिजाइनरले नेपाल भारतका कालिगढलाइ नयाँ डिजाइन तथा बजारमैत्री उत्पादनका बारेमा परिचित गराउनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here