बसको ठक्करबाट कलेज पढ्न गएकी छात्राको ज्यान गयो,चावहिल क्षेत्र तनावग्रस्त

काठमाडौं, ७ पुस । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सोमबार बिहान भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सृष्टि पन्तको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो । उनि पशुपति क्याम्पसमा अध्ययनरत स्नातक चौथो वर्षमा अध्ययनरत थिईन् । ।

विद्यार्थीलाई ठक्कर दिन बस र चालक दुबैलाई प्रहरीले नियन्त्रण गरेको छ । तर उक्त उक्त घट्नापछि पशुपति क्याम्पसको आक्रोशित विद्यार्थीले चावहिलमा अर्को बसमा आगो लगाएका छन् ।

आगलागीबाट बसमा निकै क्षति भएको छ । विद्यार्थीले सबै यात्रुलाई ओरालेर आगो लगाएको र यस घट्नमा मानविय क्षति नभएको गौशला प्रहरी चौकीले जनाएको छ । आक्रोशित विद्यार्थील् भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

आक्रोशित विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ । आगजनी गरेको अभियोगमा प्रहरीले नेविसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here