नबिल सजिलो एक्सप्रेस कर्जा, निवेदन दिएको ३५ घण्टा भित्र ७५ लाखसम्म ऋण

काठमाडौं, ७ पुस । नबिल बैंकले नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा, नविल सजिलो एक्स्प्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सोमबार पत्रकार सम्मेलन गरेर तीनै प्रकारका कर्जा सार्वजनिक गरेको हो । तुलनात्मक रुपमा सस्तो व्याजदर तोकिएको छ भने छोटो अवधिमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ ।

बैंकले नेपालमै पहिलो पटक एसएमई कर्जामा क्रेडिट स्कोरीङ भएको योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ । साथै, सुरुको १ बर्षका लागि १०.५० प्रतिशत मात्रा व्याज लिइने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

उद्यम कर्जाका लागि आवेदन दिने ग्राहकको कर्जा स्वीकृत भए-नभएको ३५ घण्टाभित्र जानकारी दिइने बताए यो योजना साना तथा मझौला उद्यमका लागि मात्रै रहेको बैंकले जनाएको छ ।

यस्तै, बैंकले नबिल सजिलो एसएमई कर्जा योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. ५ लाख देखि रू. १ करोड ५० करोड सम्म ऋण दिइने छ । आवेदन दिएको ५ दिन भित्र नै कर्जा स्वीकृति गरिने बैंकको भनाइ छ ।

यस कर्जामा १ बर्षका लागि १०.५० प्रतिशत व्याज लिइने छ । यसमा सञ्चालकलाई निःशुल्क रू. ५० हजारसम्मको क्रेडिट कार्डको सुविधा छ । साथै, निःशुल्क एलर्टको पनि सुविधा राखिएको छ ।

साथै, व्यक्तिगत बचत खाता मार्फत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखको जटिल रोग बीमा तथा रु. ७५ हजारको टर्म लाइफ बीमाको सुविधा पनि दिइने बैंकको भनाइ छ । यस्तै, बैंक आज नै नविल नारी कर्जा योजना पनि ल्याएको छ । यसमा १ बर्षका लागि ९.९९ प्रतिशत मात्रा व्याज लिइने छ ।

यसका अलवा अन्य सुविधाहरु नबिल सजिलो एसएमई कर्जा अनुसार नै हुनेछन् । यद्यपि, बैंकका यी तीन कर्जा योजनामा तोकिएको शर्तहरु लागू हुनेछन् ।
केही वर्षयता बैंकहरूले कर्जामा १२ देखि १५ प्रतिशतसम्म लिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here