क्यान्सर पिडितको उपचारको लागि माहाकाली नगरपालिकाको सहयोग

पप्पु गुरुङ्ग, दोधारा, ७ पुस । माहाकाली नगरपालिकाले क्यान्सर पिडितलाई उपचार गर्न सहयोग गरेको छ ।

माहाकाली नगरपालिका वडा नं. ६ निवासी क्यान्सर पिडित भनिएका ३१ का सन्दीप गुरुङ्गलाई उपचारको लागि माहाकाली नगरपालिका कार्यालयले रु. ५० हजार दिने भएको हो ।

एक वर्ष देखी मुखमा क्यान्सर देखिएपछि आर्थिक अवस्था दयनिय बन्दै गएका सन्दीपको अवस्था झनै दयनिय बन्दै गएको छ । आर्थिक अवस्था कमजोर रहेको क्यान्सर पिडित सन्दीप चितवन क्यासर अस्पतालमा उपचारत छन् ।

उपचारको लागि सन्दीपलाई माहाकाली नगरपालिका कार्यालयले सहयोग पाउने भएपछि संदिप गुरुङ्गका धर्मपत्नी दिपा गुरुङ्गले पिडाको बेलामा सहयोग गरेको भन्दै माहाकाली नगरपालिका कार्यालयलाई धन्यबाद दिएकी छिन् । ‘स्थानिय सरकारले हामीलाई पिडाको बेला सहयोग गर्यो सन्दीपका धर्मपत्नी दिपा गुरुङ्गले भनिन् ।

श्रीमानको उपचार गर्दै गर्दै रित्तो भएका दिपालाई माहाकाली नगरपालिकाका जनप्रतिनिधीले उनिहरुको पिडा देखेर सहयोग गर्ने भएपछि संदिपको परिवारमा आश पलाएको उनिहरुले बताएका छन् ।

उनले माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले आफुहरुलाई निकै सहयोग गरेको बताए ।

‘हामीलाई अध्यक्ष सिजालीजीले निकै सहयोग गर्दै आएका छन्’ दिपा गुरुङ्गले भनिन् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले व्यक्तिगत रुपमा उपचार खर्चा रु. १० हजार नगद दिएको समेत दिपाले बताएकी छिन् ।

बिगत लामो समय देखी बिभिन्न अस्पतालमा उपचार गर्दै आएका संदिपलाई अब आएर उपचार गर्न रकम नभएको हुदा संदिपका परिवारजनले निकै ठुलो समस्या झेल्नु पर्दै आएको हो ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले क्यान्सर पिडित भएका संदिप गुरुङ्गको उपचारको लागी माहाकाली नगरपालिका कार्यालयले सहयोग गरेको बताएका छन् ।

उपचार गर्ने क्रममा धेरै रकम खर्चा भईसकेको अवस्थामा माहाकाली नगरपालिका कार्यालय नगर कार्यपालिकाको बैठकले संदिपको आर्थिक समस्यालाई मध्यनजर राख्दै उक्त रकम सहयोग गर्ने निर्णय गरिएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जनाएका छन् ।

‘यस माहाकाली नगरपालिका वडा नं. ६ शान्ती टोल निवासी संदिप गुरुङ्ग लामो समय देखि क्यान्सर पिडित भएको र निजीको आर्थिक अवस्था नाजुक भएको कारण निजलाई उपचारको लागी रु. ५० हजार उपलब्ध गराउने निर्णय गरिएको छ्’ माहाकाली नगरपालिका नगर कार्यपालिकाको निर्णयमा भनिएको छ् ।

यस अघि आर्थिक अवस्था कमजोर रहेका संदिपको लागी उपचारको लागी माहाकाली नगरपालिकामा गठित सनसेट युथ भोलेन्ट्रि ग्रुपले रु. ३५ हजार १ सय २५ रुपिया सहयोग गरेका हुन् ।

सनसेट युथ भोलेन्ट्रि ग्रुपले भैलो देउसीबाट संकलित रकमबाट सहयोग गरेको सनसेट युथ भोलेन्ट्रि ग्रुप माहाकालीका संयोजक रमेश भण्डारीले बताएका छन् । माहाकाली नगरपालिका कार्यालय र युवाहरुले पिडामा भएकाहरुलाई सहयोग गरेको भन्दै स्थानियहरुले खुशी ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here