यस्तो देखिनेछन् ‘सेल्फी किङ्ग’ मा अभिनेता विपिन कार्की

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को क्यारेक्टर तस्बिर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र विपिन कार्कीलाई हास्य अभिनेताको भूमिकामा देखाइएको छ ।

निर्माण टिमका अनुसार कला यात्राको दौरान एक हास्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनमा देखिएका उतारचढावलाई चलचित्रमा विपिनमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

विपिनले दर्शकसँग सेल्फी खिच्दै गरेको देखि सिकर्मीको काम गरिरहेको तस्बिर निर्माण पक्षले सार्वजनिक गरेको हो । चलचित्र माघ २४ लाई रिलिज डेट लिएको छ ।

‘सेल्फी किङ्ग’ निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्र हो । यसलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । कथा पनि निर्देशक स्वयमको नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here