देशभर अत्यधिक चिसो,उपत्यकाको तापक्रम वर्षकै कम

काठमाडा्रै, ९ पुस । उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ। बुधबार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ।

बुधबार बिहान पश्चिमी तथा मध्य तराई क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ भने पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको मौसमविद्ले बताएका छन्।

आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here