एकैदिन प्रतितोला ६०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, ९ पुस । छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार प्रतितोला ६०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले नै बढ्यो ।

मंगलवार प्रतितोला ७१ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा बुधवार ६०० रुपैयाँ बढ्दै प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

बुधवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो ।

मंगलवार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बुधवार प्रतितोला १० रुपैयाँ बढ्दै ८ सय ८५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here