क्रिसमसमा कुन जनावरले के पाए उपहार ?

काठमाडौं । विश्वका विभिन्न स्थानमा रहेक जनावर तथा पंक्षीहरु अहिले निकै खुशीले रमाइ रहेका छन् ।

तपाईंले अहिलेसम्म क्रिसमसको उपहार पाउनु भएको छैन् होला तर, यी पशुपंक्षीहरुले भने उपहार पाउन थालेका छन् ।

खानेकुरालाई राम्रोसंग प्याकिङ्ग गरिएर उनीहरुको अघि राखिन्छ ।

यसपछि सुरु हुन्छ उपहार खोल्ने काम । केही जनावर तुरुन्तै खोल्न सक्छन् भने कुनैलाई भने निकै समय लाग्छ ।

तर, उनीहरुले उपहार खोल्दै गर्दा यस्तो लाग्छ उनीहरु पनि हामी जस्तो उपहार भनेपछि हतारहतार खोल्ने गर्छन् ।

यहाँ फ्रान्स, जर्मनी, कोलम्बीया, न्यूजिल्याण्डका चिडियाखानामा रहेका जनावर र चराहरुलाई उपहार उपहार खोल्दै गरेको देख्न सकिन्छ ।

सार्वजनिक गरिएको तस्विरमा विभिन्न पार्कमा गएर जनावरलाई उपहार दिएको देखाईएको छ । क्राइस्ट चर्च रहेको न्यूजिल्याण्डको ओराना वाइल्ड लाइफ पार्कमा बस्ने सुगाका लागि क्रिसमसको उपहार राखिएको छ ।

त्यस्तै ओरानामा गोरिल्ला ,चितुवाको लागि उपहार राखिएको छ । उत्तर पश्चिम फ्रान्सको ले मेन्स नजिकैको जू डे पेशहेरेमा स्क्वारल मंकीले आफ्नो उपहार खोलिरहेको देख्न सकिन्छ ।

उत्तरी जर्मनीको हेम्बर्गको तिएरपार्क हेगेनब्याक चिडियाखानामा हात्तीका लागि फलफूल र ड्राइ फ्रुटलाई गिफ्ट प्याकमा सजाएर राखिएको उपहार हात्तीले खोलिरहेको देख्न सकिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here