शेयर बजारः नेप्से २ अंकले बढ्दा ५४ करोडको कारोबार

काठमाडौं, ९ पुस । बुधवार शेयर बजारमा केही सुधार देखिएको छ । आज नेप्से परिसूचक १.८२ अंकले बढेर १ हजार १ सय ६८.०३ अंकमा पुगेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.५१ अंकले बढेर २ सय ५४.७२ अंकमा पुगेको छ ।

बुधवार बैकिङ्ग, होटल, विकास बैंक, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बिमा र समुहिक लगानी कोष समुहको सूचक बढ्यो भने ट्रेडिङ, जलविद्युत, फाइनान्स र लघुवित्त समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक १.२५ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ०.८५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङ समुहको सूचक ०.३९ प्रतिशत घट्यो ।

बुधवार १ सय ७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५३ करोड ८३ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै नेपाल शिव लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । नेपाल शिवको शेयर मूल्य ९.८९ प्रतिशत बढ्यो । त्यस्तै, कञ्चन विकास बैंकको ९.७१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्सको शेयर धनी छन् । नेपाल फाइनान्सको शेयर मूल्य ९.९३ प्रतिशत घट्यो । त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको ७.४० प्रतिशत, यूनियन हाइड्रोपावरको ७.०१ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै करोबार सानीमा बैंकले गर्यो । बैंकले ४ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here