काठमाडौंको तापक्रम एक डिग्रीमा झर्‍यो

काठमाडौं, १० पुस । काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै न्यून बिन्दुमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरेको छ। बुधबार २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाडौको तापक्रम बिहीबार बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो । तापक्रम घटेसँगै उपत्यकामा निकै चिसो बढेको छ।

देशका अन्य भूभागमा पनि तापक्रम घटेको छ। जुम्लामा माइनस ६ दशमलव ४ डिग्री, डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको गरिएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here