फेसियल हाउसले मनायो बार्षिक उत्सव,कर्मचारी विशेष सम्मान सहित पुरस्कृत

फाइलफोटो

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराको फेसियल हाउसले स्थापनाको १२ औं बार्षिक उत्सव मनाएको छ।

प्रतिनिधि सभाका सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यतामा काठमाडौंको कमलादी स्थित सीडब्लु पार्टी प्यालेसमा आयोजित कार्यक्रममा भव्य रुपमा फेसियल हाउसले आफ्नो स्थापनाको १२ औं बार्षिक उत्सव मनाएको हो।

कार्यक्रममा सांसद चौधरीले सुन्दरता नै मानिसको सम्मानको पहिचान भएको प्रकाश पारेकी थिईन् । उनले सुन्दरतकै कारण पहिलो पटक संविधान सभा प्रवेश गर्न आफुलाई निकै खनतलासी भएको बताएकी थिईन् ।

फेसियल हाउसका संस्थापक अध्यक्ष सुषमा महराको अध्यक्षतामा भएको १२ औं बार्षिक उत्सव कार्यक्रममा फेसियल हाउसका कार्यकारी निर्देशक उज्ज्वलजंग शाहले फेसियल हाउसले सौन्दर्य क्षेत्रमा पु-याएको योगदानको वारेमा प्रकाश पारेका थिए।

उपभोक्ताविज्ञ प्रेमलाल महर्जनले फेसियल हाउस उपभोक्ताहरु माझ सुपरिचित नाम बनेको जिकिर गरे। कार्यक्रममा फेसियल हाउसमा कार्यरत सर्वोत्कृष्ट कर्मचारीहरुलाई विशेष सम्मान सहित पुरस्कृत गरिएको थियो।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।

टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here