उपत्यकाको तापक्रम १.५ डिग्री

काठमाडौं,११ पुस । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार भने केहि बढेको छ । विहिबार १ डिग्रीमा झरेको तपाक्रम शुक्रवार बिहान १ दशमलव ५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तापक्रम १.५ भए पनि यो अझै घट्न सक्ने महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने क्रममा छ । तराईका जिल्लाका एक सातादेखि बाक्लो हुस्सु–कुहिरो लागिरहेको छ।

पश्चिमी क्षेत्रमा दिउँसोपख हुस्सु–कुहिरो हट्ने सम्भावना छ। पूर्वका कतिपय ठाउँमा भने दिनभर नै हुस्सु–कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here