‘छ माया छपक्कै’ पछि ‘छक्का पञ्जा’ मै फर्किए दीपक-दीपा

काठमाडौं, ११ पुस । ‘छक्का पन्जा ३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने घोषणा गरेको छ ।

आउँदो वर्षको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पञ्जा ४’को निर्माण घोषणा गरिएको हो । ‘छक्का पञ्जा ३’पछि यो टिमले चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो।

निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले अहिले चलचित्रको कथामा काम भैरहेको जानकारी दिए। ‘छक्का पञ्जा ३’ जहाँबाट सकियो त्यहीबाट ‘छक्का पञ्जा ४’को कथा सुरु हुनेछ’ उनले भने ।

चलचित्रमा दीपकराजसँगै जितु नेपाल र केदार घिमिरे लगायतको प्रमुख भूमिका रहनेछ। बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको लागि अभिनेत्री भने फाइनल गरिएको छैन्। चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्।

चलचित्रको लागि दशैं तिहार विदा सबैभन्दा बढी उपयुक्त हुने भएकाले निर्माताहरु वर्ष दिन अगाडि नै दशैंका लागि चलचित्र प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका हुन्छन् । हरेक वर्षझैँ २०७७ को दशैंमा पनि नेपाली चलचित्रबी च ठूलो भिडन्त हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here