आइएसद्धारा ११ जना इसाई बन्धकको घाँटी रेटेर हत्या

काठमाडौं । चरमपन्थी इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको घाँटी रेटेर हत्या गरेक छन् ।

नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको छ। आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको छ ।

बीबीसीका अनुसार आईएसले त्यसलाई अक्टोबरमा सिरियामा आफ्ना नेता र प्रवक्ता हत्या गरिएको बदलाको एउटा घटना भएको बताएको छ।

नाइजेरियामा लामो समयदेखि आतंक मच्चाउँदै आएको बोको हराम अहिले आइएसको वेस्ट अफ्रिका प्रोभिन्स मातहत छ।

मारिनेहरुको पहिचान नखुलेपनि ती सबै पुरुष रहेको बुझिएको छ। उनीहरुलाई आइएसले नाइजेरियाको उत्तर–पूर्वी बोर्नो राज्यबाट अपहरण गरेको थियो। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here