शेयर बजारः नेप्से ५ अंकले घट्दा ४२ करोडको कारोबार

काठमाडौं, १३ पुस । साताको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ४.९९ अंकले घटेर १ हजार १ सय ६२.४३ अंकमा झरेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले घटेर २ सय ५३.३९ अंकमा झरेको छ ।

आइतवार ट्रेडिङ, फाइनान्स, अन्य र जीवन बिमा समुहको सूचक बढ्यो भने बैकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा उत्पादन तथा प्रशोधन, लघुवित्त र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक ७.९० प्रतिशत बढ्यो । त्यस्तै, जीवन बिमा समुहको १.४३ प्रतिशत बढ्यो भने न्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै सामुहिक लगानी कोष समुहको सूचक घट्यो । सामुहिक लगानीको सूचक १.९२ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको ०.८७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ८१ कम्पनीको १५ लाख ५४ हजार ८ सय ९० कित्ता शेयर किनबेच हुँदा ४२ करोड २४ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ९.९८ प्रतिशत बढ्यो । त्यस्तै, माउन्टेन हाइड्रोको ७.१४ प्रतिशत, नेपाल फाइनान्सको ६.०६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा प्रोग्रेसिभ फाइनान्सका शेयर धनी रहेका छन् । प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ६.६६ प्रतिशत घट्यो । त्यस्तै, कृषी विकास बैंकको ५.९४ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्सले गर्यो । नेपाल लाईफले ४ करोड ८४ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here