शेयर बजारः नेप्से २ अंकले घट्दा ४४ करोडको कारोबार

काठमाडौं, १५ पुस । शेयर बजार ओरालो लाग्ने क्रम मंगलवार पनि जारी नै रह्यो । आज नेप्से परिसूचक १.९२ अंकले घटेर १ हजार १ सय ६६.०६ अंकमा झरेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स १.०१ अंकले घटेर २ सय ५२.३१ अंकमा झर्यो ।

मंगलवार बैकिङ्ग, ट्रेडिङ, विकास बैंक, होटल, जलविद्युत र लघुवित्त समुहको सूचक बढ्यो भने फाइनान्स, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बिमा र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

मंगलवार सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक २.०६ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको १.७९ प्रतिशत, लघुवित्त समुहको १.१७ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको सूचक घट्यो । अन्य समुहको सूचक ४.०६ प्रतिशत घट्यो ।

मंगलवार १ सय ७७ कम्पनीको १३ लाख २ हजार ९ सय ८६ कित्ता शेयर किनबेच हुँदा ४४ करोड २२ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयर धनीले कमाए । विशाल बजारको शेयर मूल्य ७.८० प्रतिशत बढ्यो । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्थाको ७.७६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै घुमाउनेमा नेपाल दुरसञ्चार कम्पनीका शेयर धनी छन् । नेपाल दुरसञ्चारको शेयर मूल्य ५.८९ प्रतिशत घट्यो । त्यस्तै, यूनियन हाइड्रोपावरको ५.१७ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । नेपाल लाइफले ६ करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here