कृषि राज्यमन्त्री माथि महिला सांसदद्वारा हातपात

काठमाडौं, १५ पुस । प्रदेश २ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । विपक्षी दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।

गत आवमा प्रदेशका सांसदहरूले उपभोक्ता समितिमार्फत सञ्चालन गरेका करिब ७ सय योजनाको ९१ करोड रुपैयाँ भुक्तानी नभएसम्म सदन चल्न नदिने भन्दै विपक्षी कांग्रेस, नेकपा र सत्तारुढ दल राजपाकै सांसद उपेन्द्र महतो र विक्की यादवले बैठक अवरुद्ध गरेका थिए ।

उक्त क्रममा प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई एक जना प्रदेश सभा सदस्य थप्पड हानेकी छिन्। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले मंगलबार दिउँसो राज्यमन्त्री यादवलाई थप्पड हानेकी हुन्।

कांग्रेस सांसद प्रमोद यादवले यस्ता मन्त्रीलाई ‘छाड्नु हुन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यही क्रममा कांग्रेस सांसद प्रमिला दासले मन्त्रीमाथि हातपात गरेकी हुन् । हातपातपछि प्रहरी आएर विवाद साम्य पार्ने प्रयास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here