यसरी हुँदैछ भ्रमण वर्षको उद्घाटन

काठमाडौं, १६ पुस । सरकारले ‘भिजिट नेपाल २०२०’ भ्रमणवर्ष बुधबार देखि औपचारिक सुरुवात गर्दैछ ।

कार्यक्रमको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

भ्रमण वर्ष सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

४ बजेसम्ममा सबै अतिथिहरुको उपस्थितिलाई सेलिब्रिटीहरुबाट स्वागत गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, कार्यक्रम तालिकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान लगत्तै बाजासहित रंगशालामा भिजिट नेपाल २०२० को मानव साङ्लो बनाइनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ सुरु हुन लागेको नेपाल भ्रमण वर्षमा सहभागिता जनाउन धेरै देशका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् ।

उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ ।

त्यसैगरी, कार्यक्रमको अन्त्यमा अतिसबाजीसहित ‘यो मन त मेरो नेपाली हो‘’ बोलको गीतसहित उद्घाटन समारोह समापन हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here