बिग बास: सन्दीप लामिछाने घाइते

काठमाडौं, १६ पुस । नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगको सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन् ।

मेलवर्न स्टार्सबाट क्रिकेट खेल्दै आएका सन्दीप घाइते भएपछि सिड्नी थन्डरविरुद्धको गुमाउने भएका हुन् ।

मेलवर्न स्टार्सले सन्दीपले सामान्य चोट बोकेका कारण उनलाई आराम दिँदै हरिस रौफललाई मौका दिएको मेलवर्न स्टार्सले बताएको छ ।

मेलवर्न स्टार्सले भोलि विहीबार अंक तालिकाको शिर्ष स्थानमा रहेको सिड्नी थन्डरविरुद्ध आफ्नो पाँचौं खेल खेल्दै छ ।

सन्दीपले यसअघि खेलेका ४ मध्ये ३ खेलमा १–१ विकेट लिइसकेका छन् । उनको टोलीले हालसम्म ३ खेलमा जित र १ मा हार ब्यहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here