भ्रमण वर्षको प्रभावः होटल समुहको सूचक झण्डै १० प्रतिशत बढ्यो

काठमाडौं, १६ पुस । भ्रमण वर्षको सुरुवातसंगै नेप्से अन्तर्रगत होटल समुहको सूचकमा झण्डै १० प्रतिशत बढेको छ । होटल समुहको सूचक ९.२२ प्रतिशत बढ्यो ।

बुधवार शेयर बजारमा केही सुधार देखिएको छ । नेप्से परिसूचक ३.४७ अंकले बढेर १ हजार १ सय ६९.५० अंकमा पुगेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इनडेक्स ०.९७ अंकले बढेर २ सय ५३.२८ अंकमा पुग्यो ।

बुधवार बैकिङ्ग, ट्रेडिङ, होटल, जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र समुहिक लगानी कोष समुहको सूचक बढ्यो भने फाइनान्स, निर्जीवन बिमा अन्य र जीवन बिमा समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै जजीवन बिमा समुहको सूचक घट्यो । जीवन बिमाको सूचक १.३७ प्रतिशत घट्यो । त्यस्ते अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार १ सय ७६ कम्पनीको ११ लाख ७५ हजार ३ सय १३ कित्ता शेयर किनबेच हुदाँ ३७ करोड २९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै ट्यारागन रिजेन्सी होटलका शेयर धनीले कमाए । रिजजेन्सीका शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, ओरेन्टील होटलको ९.९१ प्रतिशत, सोल्टी होटलको ९.६८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्सका शेयर धनी छन् । गुडविलको शेयर मूल्य ५.७९ प्रतिशत घट्यो । त्यस्तै, यूनियन जलविद्युतको ३.६३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार ओरन्टीयल होटलले गर्यो । ओरन्टीयलले २ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here