सिप्रदीको नयाँ कार योजना

काठमाडौं, १७ पुस । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।

योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

जुनसुकै ब्रान्डका गाडी एक्सचेन्जमा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनरलगायत विशेषता रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘टाटा मोटर्सको प्यासेन्जर कारका लागि अल न्यु जनावरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौं । यो थिमले ग्राहकको चाहनालाई सम्बोधन गर्दछ । एउटा राम्रो कारले तपाईंलाई परिवारसँग मिलन गराउँछ ।’

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले भने, ‘न्यु इयर कार थिम जनावरी महिनाभरि नै लागू हुनेछ । यो थिमअन्तर्गत धेरै इभेन्ट समावेश छन् । पुसभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारको खरिदमा एक जोडीलाई सिंगापुर क्रुज प्याकेजको अवसर दिइने दिइने घोषणा गर्दछौं । एक्सचेन्ज सहज बनाउन एक लाखसम्मको एक्सचेन्ज बोनस दिँदै छौं । टाटा मोटर्सका कार खरिख गरी २०२० लाई स्वागत गरौं ।’

४४ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भएको टाटा मोर्टस लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो ।

टाटा मोटर्स भारतकै बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा ई–मोबिलिटी सलुसन प्रदान गर्ने एक मात्र ओईएम हो । १ सय ३४ वटा सशक्त सहायक कम्पनीको विश्वव्यापी सञ्जालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्यान्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा टाटा मोटर्सका उत्पादन उपलब्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here