दोधारा चाँदनीमा प्रहरी निरिक्षकलाई स्वागत

दोधारा, १८ पुस । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक लाल बहादुर बमलाई स्वागत गरिएको छ ।

माहाकाली नगरपालिका स्थित रहेको सनसेट युथ भोलेन्ट्रि युथ ग्रुपले बुधवार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा सरुवा भएका आएका प्रहरी निरिक्षक लाल बहादुर बमलाई स्वागत गरेको हो ।

सनसेट युथ भोलेन्ट्रि युथ ग्रुप माहाकालीका संयोजक रमेश भण्डारीको सभापतित्वमा संचालित स्वागत कार्यक्रमका प्रमुख अतिथी माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा रहेका थिए भने, बिशिष्ठ अतिथीमा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका थिए ।

अतिथीमा संजिवनी नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक अमिर तिरुवा, शिक्षक रामचन्द्र थापा तथा सनसेट युथ भोलेन्ट्रि युथ ग्रुपका सदस्यहरु रहेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक कार्कीले नगर क्षेत्रमा मौलादै गएको लागु औषध दुव्र्यसनीलाई यहा“का समाजसेवी बुद्धिजिवी जनप्रतिनिधी तथा राजनितिक दल संग समन्वय गरि अन्त्य गर्ने प्रयास रहने बताएका छन् ।

उनले माहाकाली नगरपालिका क्षेत्रमा हुने हरेक खराब गतिविधिलाई अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि आफु लागी पर्ने बतादै प्रहरी प्रशासनलाई चुस्तदुरुस्त पार्ने प्रतिबद्धता समेत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी प्रहरी निरिक्षक लाल बहादुर बमले प्तिबद्धता जाहेर गरेका छन् ।

प्रहरी निरिक्षक बमले यस क्षेत्रको सुरक्षाका लागी यहाँका जनताको साथ चाहिने भन्दै साथ र सहयोगको अपेक्षा समेत गरेको बताए । सनसेट युथ भोलेन्ट्रि युथ ग्रुपका सचिव अमित बिकले संचालन गरेको स्वागत कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले नव आगन्तुक ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकले माहाकालीको समृद्धि तथा बिकासमा सहयोग गर्नेमा आफु अपेक्षित रहेको बताएका छन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका नव आगन्तुक प्रहरी निरिक्षक लाल बहादुर बमलाई दोसल्ला ओढाएर स्वागत गरिएका सनसेट युथ भोलेन्ट्रि युथ ग्रुप माहाकालीका संयोजक रमेश भण्डारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here