गोरखा, १८ पुस । गोरखाको शहिद लखन गाउँपालिकाको मनकामना मन्दिरदेखि शहिद लखन थापाको जन्मस्थल बुंकोटको काहुले भंगारसम्म अन्तर्राष्ट्रिय म्याराथान हुने भएको छ ।
शुक्रवार गाउँपालिकामा बसेको बैंठकले भ्रमण वर्षको अवसरमा फागुन २ गते लखन जयन्तीको अवसरमा दौड गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताए ।
मनकामनादेखि लखन स्कारकसम्मको दुरी ३० किलोमिटर मात्रै छ । तर, अन्तर्राष्ट्रिय म्याराथन ४२ किलोमिटरको हुने हुनाले यसको लागि थप रुटहरुको अध्ययन भईरहेको अध्यक्ष थापाले बताए ।
यस म्याराथनले भ्रमण वर्षलाई थप सहयोग गर्ने गाउँपालिकाले विश्वास लिएको पनि पनि उनले बताए ।