किसानका समस्यामा किन मौन बौद्धिक कृषिमन्त्री घनश्याम भुसाल ?

काठमाडौं, १९ पुस । उखु किसानले भर्खरै आन्दोलन स्थगित गरेका छन् । ७ माघ भित्र वक्यौता रकम आउने आश्वासन उद्योग मन्त्रालयले दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

त्यसअगाडी ह्याचरी व्यवसायीले १० दिनसम्म नेपालमा चिकेन होलिडेका नाममा ताण्डब देखाए । उनीहरुले अण्डा उत्पादन बन्द मात्र गरेनन्, चल्ला र अण्डा पनि नष्ट गरे । जर्बजस्ती नष्ट गर्न समेत लगाए ।

प्याजको मूल्यले आकास छोएको छ । भारतीय प्याज महंगो भएपछि चीनबाट धमाधम प्याज आइरहेको छ । स्वदेशी प्याजको न चर्चा हुन्छ, न त्यसको उत्पादनमा सरकारले गम्भीरता देखाएको भान हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनाको प्रारम्भिक तथ्यांक अनुसार १० अर्ब भन्दा माथिको तरकारीजन्य सामग्री नै आयात भइसकेको छ ।

आर्थिक वर्षको अन्यसम्म नेपाल आत्मनिर्भर भएको भनिएकै उत्पादनको आयात १ खर्बभन्दा माथि पुग्छ ।

कृषिमा कतिपय परम्परागत समस्या छन् । जुन वर्तमान व्यवस्था, सरकार र मन्त्रीले उत्पन्न गरेका पनि होइनन् । त्यसको अपजस उनीहरुलाई नजाला । तर, अहिले कृषि मन्त्रालयको बागडोर यस्ता व्यक्तिको हातमा छ, जो सधै सरकारको प्रतिपक्षीका रुपमा रहे ।

सिद्धान्ततः खरो रुपमा सरकारको आलोचना गरीरहे र सपनाका थुर्पै सम्भावना देखाए । घनश्याम भुसाल । अब उनीसामु साच्चिकै देशलाई कायापलन गर्न सक्ने सम्भावनाको जिम्मेवारी आएको छ ।

किनकी कृषिमा नेपालको बहुल जनसख्या आश्रित छ । तर, कृषि अझै पनि निर्वाहमुखी र परम्परागत छ । सोहीकारण मागको उच्च परिमाणलाई स्वदेशी उत्पादनले पुरा गर्नै सकेको छैन ।

मन्त्रालय सम्हालेको दुई महिना नाघिसकेको छ । विषयवस्तु बुझ्ने समय सकिएर अब काममा उत्रनु पर्ने बेला आइसकेको छ । तर, कृषि मन्त्रालय छिरेका घनश्याम उतै हराए । कहाँ हराए जनतालाई पत्तौ छैन ।

किनकी उनी उखु किसान होस या पशुकिसान, प्याज किसान होस या धान किसान, हरेकलाई समस्या पर्दा आफै अगाडी सरेर समाधानमा खटिनुपथ्र्यो ।

उखु किसानको समस्या मेरो होइन, उद्योगको हो भनेर मौन बस्नु कम्तिमा उनका लागि सुशाउने पक्ष थिएन । हेरौं आगामी दिनमा घनश्यामको क्रान्तीमा कृषिले कति छलांग मार्ला …..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here