खोलामा डुबेर अष्ट्रेलियामा दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

सिड्नी, १९ पुस । अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु भएको छ ।

सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु र एक गम्भीर घाइते भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको छन् ।

प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजेको हाराहारीमा बरारा न्यासनल पार्कस्थित खोलामा पौडी खेल्दा दुईजना पानीमा बेपत्ता भएको खबर पाएपछि आपतकालीन सेवाका अधिकारीहरू उद्धार कार्यमा जुटेका थिए। खोजी कार्य शुरू गरेपछि राति करिब साढे एघार बजे दुवै जनाको शव बरामद गरेको थियो।

अष्ट्रेलियाका न्यू साउथवेल्स र भिक्टोरिया राज्य यतिबेला अध्यधिक गर्मीको चापेटामा ठूलो आगलागीबाट गुज्रिरहेको छ ।

गर्मी छल्न समुन्द्र र नदी किनारा पुग्ने मानिसको चाप बढ्ने यो समयमा पानीमा डुबेर मर्नेको संख्या पनि वृद्धि भइरहेको छ ।

पछिल्लो समय यसरी पानीमा डुबेर मृत्यू हुने नेपालीको संख्या बर्सेनि बढीरहको भए पनि यसको न्यूनिकरणका उपाय अवलम्बनमा यहाँको विद्यार्थी र अन्य सामाजिक सेवामा सक्रिय समूदायले खासै तदारुकता देखाउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here